काठमाडौं – रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिन्ह(एनएस) पाएको छ।
शंकर समूह र अम्बे समूहको १० अर्ब रुपैयाँ लगानीमा स्थापित रिद्धिसिद्धि सिमेन्ट उद्योगको ओपिसी ब्राण्डले एनएस पाएको हो।
कम्पनीले एनएस पाएपछि अब ओपिसी ब्राण्डमा प्रतिस्पर्धा हुनेछ।
रिद्धिसिद्धि सिमेन्ट सिमेन्ट बिक्री वितरण सुरु भइसकेको कम्पनीले जानकारी दिएको छ ।
उद्योगबाट अहिले दैनिक २ हजार टन सिमेन्ट उत्पादन भइरहेको छ।
