काठमाडौं, जेठ ६ – शाओमीले ‘मी पोर्टेबल ब्लुटुथ स्पीकर–१६ वाट’ र ‘मी स्मार्ट ब्यान्ड६’ नेपालमा सार्वजनिक गरेको छ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार उक्त उपकरणहरू सार्वजनिक गरेको हो ।
अडियो लाइनअपका लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरूलाई विशिष्ट र शक्तिशाली आउटस्ट्यान्डिङ पावरफुल सराउण्ड साउण्ड प्रस्ताव गर्नका लागि विशेष रूपमा डिजाइन गरिएको कम्पनीले बताएको छ । त्यस्तै स्मार्ट ब्यान्ड६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ ।
‘यो मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चबाट हामी हाम्रो प्रशंसक र उपभोक्ताहरूलाई कुनै पनि अवरोधबिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहन्छौँ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘स्पीकरमा डुअल ईक्यु मोडहरू जस्ता सुविधाहरूको साथ हामी विश्वास गर्दछौँ कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवका लागि एक उत्तम फिट हुने छ ।’
उनले अगाडि भने, ‘विश्वको नम्बर एक वेरेबल ब्यान्ड ब्रान्डको रूपमा शाओमीले अमेजिङ्ग प्रोडक्टहरूको उत्पादन गर्ने निरन्तर सेवालाई जारी राख्नेछ जुन दु्रत रूपमा परिवर्तन हुने उद्योगको लागि फोरफ्रन्टमा रहन्छन् ।’ एभर इभल्भिङ्ग वेरेबल प्रोडक्टका साथ शाओमीले आफ्नो प्रयोगकर्ताहरूलाई सधैँ सव्रिmयतामा एक कदम अघि राख्ने उनको भनाइ छ ।
मूल्य र उपलब्धता
मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट)कालो र नीलो रङ्गको भेरियन्टमा नेपाली रू. ५ हजार ४९९ मा उपलब्ध हुने छ । त्यस्तै मी स्मार्ट ब्यान्ड६ कालो रंङ नेपाली रू. ५ हजार ९९९ मा उपलब्ध छ । यी दुवै उपकरण यो अथोराइज्ड एमाआई स्टोर, अनलाइन र रिटेल पार्टनरहरूमार्फत जेठ ५ गतेदेखि नै उपलब्ध छ ।
FACEBOOK COMMENTS