काठमाडौं- धितोपत्र बोर्डले शिवम सिमेन्टको आइपिओ मूल्य जायज रहेको जनाएको छ।
शिवमलार्इ प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्न बोर्डले अनुमति दिएको थियो।बोर्डले स्थानीय वासिन्दाका लागि तीन सय रुपैयाँ र सर्वसाधरणका लागि चार सय रुपैयाँमा शेयर निष्काशनका लागि अनुमति दिएको थियो।तर यो अनुमतिपछि बोर्डले महँगो मूल्य तोकेको भन्दै लगानीकर्ताले आलोचना गरेका थिए।
शिवमको प्रिमियम मूल्य निर्धारण गर्दा पनि लेखापरिक्षणमा भएको प्रतिशेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यका आधारमा प्रभावित वासिन्दाको लागि प्रति शेयर ३०० रुपैयाँ र सर्वसाधारणको लागि प्रति शेयर ४०० रुपैयाँ निर्धारण गरिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ।