काठमाडौं– शिवम् सिमेन्टले निष्काशन गरेको प्राथमिक शेयर आज बाँडफाँड भएको छ।
सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको शेयर पाएका छन्।
अधिकतम एक लाख कित्तासम्म आवेदन दिनेहरुले ५ हजार ६४० कित्ता शेयर पाएका हुन् ।
६५ हजार ६३० कित्ताभन्दा माथिको आवदेन दिनेमध्ये ११ जनाले थप १० कित्ता र ५ जनाले थप १ कित्ता शेयर पाएका हुन्।
सर्वसाधारणतर्फ ५१ हजार ८८२ जनाले ५१ लाख ८९ हजार ५६० कित्ताको लागि योग्य आवेदन परेको थियो।
कम्पनीले सर्वसाधारणको लागि ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर निष्काशन गरेको थियो। त्यस्तै स्थानीय प्रभावित क्षेत्रबाट ८ लाख ८० हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा एक हजार ८९८ जनाले आवेदन दिएकोमा एक आवदेन रद्द भएको छ।
FACEBOOK COMMENTS