काठमाडौँ, पुस २९ – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले माघ ४ गतेदेखि ‘नन कोभिड’का बिरामीको पनि उपचार सेवा सुरु गर्ने भएको छ।
कोभिड विशेष अस्पतालको रुपमा सेवा दिदैं आइरहेको शुक्रराज अस्पतालले सूचना जारी गर्दै माघ ४ गते आइतबारदेखि ‘नन कोभिड’का बिरामीको पनि उपचार सुरु गरिने जानकारी दिएको हो ।
अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ४ गते आइतबारदेखि लागू हुने गरी पूर्ववत रुपमा नन कोभिड बिरामीहरुका लागि समेत अस्पतालमा उपलब्ध सेवा प्रवाह सूचारु गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँछौं।’
FACEBOOK COMMENTS