काठमाण्डौँ — रोजगारदाताले नै सबै भर्ना खर्च बेहोर्ने गरी कामदार पठाउने सहमति स्रोत मुलुकले गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार यसका लागि गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्न उनीहरू सहमति भएको जानकारी दिएका हुन् ।
उनका अनुसार वैदेशिक रोजगारका लागि कामदार पठाउने १२ देशहरूको बैठक (कोलम्बो प्रोसेस) मा यस्तो सहमति भएको हो ।
वैदेशिक रोजगार जाने हरेक चरणलाई व्यवस्थित, पारदर्शी, विधिसम्मत र न्यायपूर्ण ढंगले समाधान खोज्ने प्रयास भइरहेको उनको भनाइ छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS