काठमाण्डौँ — डोल्पामा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ ।
विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो ।
विश्व वन्यजन्तु कोष, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३ जनाको अध्ययन टोलीले गत वैशाख १३ गतेदेखि गणना शुरु गरेको थियो ।
निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार सो अध्ययन टोलीले तीन महिना लगाएर हिउँचितुवाको गणना गरेको हो ।
क्यामरा ट्र्यापिङ तथा दोहोरो गणना विधिद्वारा हिउँचितुवासँगै आहारा प्रजातिको रूपमा रहेको निल भेडा (नावर)को समेत गणना गरिएको हो ।
टोलीले अध्ययन प्रतिवेदन तयार पारी काठमाडौँमा सार्वजनिक गर्ने बताइएको छ ।
निकुञ्जको प्रतिवेदनअनुसार शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा हाल १३० को सङ्ख्यामा हिउँचितुवा रहेका छन् ।
— कारोबार
FACEBOOK COMMENTS