काठमाण्डौँ — सरकारले घोषणा गरेको शिक्षित युवालक्षित कर्जा व्यवस्था शुक्रबार देखि कार्यान्वयनमा आएको छ।
नेपाल राष्ट्र बैंकले विहीबार बैंक तथा वित्तीय सँस्थाहरुलाई परिपत्र गर्दै शुक्रबारदेखि यो सेवा सुरु गर्न निर्देशन गरेको हो।
निर्देशनसँगै यसका लागि राष्ट्रबैंकले सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान संबन्धी एकिकृत कार्यविधि २०७५ जारी गरेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा यस्तो कार्यक्रम ल्याउने वताएको थियो।
शैक्षिक उपाधि पाएका तर उद्यामशीलता हासिल गर्न नसकेका युवालाई स्वरोजगार बनाउन यस्तो कर्जा व्यवस्था ल्याएको हो।
बेरोजगार रहेका युवालाई स्वरोजगार बनाउने सरकारी योजना अनुसार वित्तीय सस्थालाई यस्तो कर्जा प्रदान गर्न बाटो खोलिदिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए ।
राष्ट्रबैकले गरेको यो व्यवस्थाअनुसार अव कम्तिमा स्नातक उत्तिर्ण युवाले राष्ट्रबैंकले तोकेको क्षेत्रमा लगानी गर्ने गरी वाणिज्य बैंक विकास बैंक तथा फाइनान्स कम्पनीबाट शिक्षित युवा स्वरोजगार कर्जा शिर्षकमा बढीमा ७ लाख रुपैयाँसम्म ऋण पाउनेछन्।
कार्यविधिअनुसार यो ऋणमा बैंकहरुले आफ्नो आधार व्याजदरमा २ प्रतिशतभन्द धेरै व्याज लगाउन पाउने छैनन्।
— नागरीक
FACEBOOK COMMENTS