काठमाडौँ – निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले टर्बोजेट क्वू ४०० सिरिजको जहाज आईतबार भित्राएको छ । क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको जहाज भित्राएको हो ।
नेपाल भ्रमण वर्ष २०२० लक्षितगरी आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीले जानकारी दिएको छ ।
यसअघि श्री एयरलाइन्सका आन्तरिक उडानमा ५० सीट क्षमताका सिआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सिआरजे ७०० जहाज दुई थान थिए । टर्बोजेट क्वू ४०० पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ ।
FACEBOOK COMMENTS