काठमाडौं, वैशाख ७ – कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि लुम्बिनी प्रदेशको बाँकेमा आगामी ९ गतेदेखि लकडाउन हुने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), बाँकेले एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरेका छन् ।
डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन । केन्द्र सरकारसँगको समन्वयमा लकडाउन हुने स्थानको टुंगो लगाइने भएको छ ।
बाँकेमा मंगलबारसम्म संक्रमितको संख्या ८६६ जना पुगेको छ ।
FACEBOOK COMMENTS