काठमाडौं, मंसिर ३० – एकलौटी शैलीमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र हंगामा सुरु भएको छ । मंगलबार आकस्मिक रुपमा ल्याइएको अध्यादेश अलोकतान्त्रीक भएको भन्दै कार्यकारी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले समेत फिर्ता गर्नपर्ने बताएका छन ।
अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै प्रेस संयोजक विष्णु सापकोटा जुुगलले उज्यालो नेटवर्कसँग भने, ‘पार्टी बैठक चलिरहेको बेला कुनै छलफल नगरि यस्तो अध्यादेश ल्याइन अलोकतान्त्रीक हो भन्नुुभएको छ । र, यो तुरुन्त फिर्ता हुनपर्ने उहाँको अडान छ ।’
संसद अधिवेशन बोलाउनका लागि सबै पार्टीबाट माग भइरहेको बेलामा प्रधानमन्त्री ओलीले एकलौटी शैलीमा अध्यादेश जारी गरेको भन्दै प्रचण्डले त्यसमाथि आपत्ति जनाएका छन् । त्यस्तै, प्रवक्ता नारायाणकाजी श्रेष्ठले पनि यो निर्णय प्रधानमन्त्री एक्लैको भएको बताए । उनले भने,‘यो प्रधानमन्त्रीको एकलौटी निर्णय हो ।’
अध्यक्ष प्रचण्डले २०६२–६३ को जनआन्दोलन, जनयुद्ध मधेस आन्दोलनको समेत मर्मविपरित आएको अध्यादेश खारेज गर्नुपर्ने भन्दै पार्टीको घोर आपत्ति रहेको जनाए ।
FACEBOOK COMMENTS