काठमाण्डौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा अध्ययन थालेको छ ।
विमानस्थल निर्माणका लागि लाखौं रूख काट्नु ठीक कि बेठिक बन्ने बहस भइरहेका बेला यसबारे अध्ययन थालेको हो ।
विमानस्थल बन्नुअघि नै ठूलो परिमाणमा रूख कटान गरी विमानस्थल बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावविरुद्ध कांग्रेसका सांसदहरूले विरोध गरेका थिए ।
त्यसबारे पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा उपसमिति बनाई अध्ययन थालेको हो ।
कांग्रेस सांसद गगन थापाको नेतृत्वमा प्रदीप गिरि, दिव्यमणि राजभण्डारीलगायतले निवेदन दिएपछि समितिले नेपालको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
उपसमितिलाई निजगढ विमानस्थल निर्माणलाई लिएर उत्पन्न वातावरणीयलगायत विवादको समस्या समाधानका लागि सुझाव दिन भनिएको छ ।
विमानस्थल निर्माणका लागि २४ लाख ५० हजार रूख कटानी गर्नुपर्ने ईआईए प्रतिवेदनमा उल्लेख छ ।
त्यसमध्ये पहिलो चरणमा २ हजार ५ सय ५६ हेक्टर जंगलमा फैलिएका ७ लाख ६९ हजार रूख काट्नुपर्ने प्रस्ताव पर्यटनको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS