काठमाडौं । कर्मचारी सञ्चय कोषले आगामी साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाउने भएको छ ।
सञ्चय कोषले गठन गरेको ब्याजदर पुनरवलोकन कमिटीको सिफारिसका आधारमा ब्याजदर घटाउन लागिएको हो । अब साउनदेखि सञ्चयकर्ताहरूबाट लिने, उनीहरूलाई दिने र जलविद्युत्लगायत अन्य आयोजनाको ब्याजदरमा कमी आउने छ ।
अहिले ब्याजदर कति घट्छ भन्ने टुंगो नलागेको कोषले बताएको छ । यद्यपि बजारको अवस्थाअनुसार ब्याजदर घट्नेमा भने निश्चित रहेको कोषको भनाइ छ । बैंकहरूको समेत ब्याजदर घटाएको भन्दै कोषले पनि घटाउन लागेको बताइएको छ ।
पुनरवलोकन कमिटीको सिफारिसका आधारमा घट्ने ब्याजदर कोष सञ्चालक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै लागू हुने छ । योसँगै कोषले लगानी गरेका माथिल्लो तामाकोसी, रसुवागढी, मध्य भोटेकोसी र सान्जेनलगायत जलविद्युत् आयोजनाहरूको ब्याजदर पनि कम हुने छ ।
FACEBOOK COMMENTS