काठमाण्डौँ — मध्य भोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि सेयर बिक्री खुला गरेको छ ।
कर्मचारी सञ्चय कोषमा रकम संकलन गर्ने सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि कम्पनीले सेयर जारी गरेको हो ।
अहिले जारी हुन लागेको सेयर सर्वसाधारणले खरिद गर्न पाउँने छैनन् ।
कम्पनीले अंकित मूल्य १ सयका दरले १ करोड ४४ लाख कित्ता सेयर जारी गर्न गेरेको हो ।
सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि १ करोड १७ लाख कित्ता र संस्थापक सेयरधनी संस्था ९नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, सिन्धुपाल्चोक हाइड्रो पावर, सिन्धु इन्भेस्टमेन्ट, नेपाल अरनिको हाइड्रो पावर र सिन्धु–भोटेकोसी हाइड्रो पावर० का लागि २१ लाख कित्ता र ऋणदाता संस्था ९कर्मचारी सञ्चय कोष० का लागि ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
सेयरमा सञ्चयकर्ताले कात्तिक २८ देखि मंसिर १४ सम्म न्यूनतम ५० देखि ५ सय कित्तासम्म माग गर्न सक्ने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले मंसिर १९ देखि २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सञ्चयकर्ताको हकमा ०६८ मंसिर २२ मा बहाल रहेका र ०७५ असोज २९ गतेसम्म थप भएका सञ्चयकर्ताले सेयर आवेदन दिन सक्ने बताइएको छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS