काठमाडौं, फागुन ८ – सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका बाँस्कोटाले पदबाट राजीनामा दिएको सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा जानकारी गराएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् ।
करोडौं रकमको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएसंगै प्रतिपक्षी नेपाली कांग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजात्नत्र पार्टी, सङ्घीय समाजवादी पार्टी लगायतले मन्त्री बास्कोटाले तुरुन्त राजीनामा दिनु पर्ने माग गरेका थिए ।
FACEBOOK COMMENTS