काठमाडौं,कार्तिक २०– सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराईज फर्स्ट म्युचुअल फण्डको ८ करोड ६० लाख इकाई बाँडफाँड सम्पन्न गरेको छ ।
सनराइज बैंकको निष्काशन तथा विक्री प्रबन्धकत्वमा सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराईज फर्स्ट म्युचुअल फण्ड स्किमको प्रति इकाई रु. १० दरको १० करोड इकाई (बिज पूँजी वापत कोष प्रवद्र्धक श्री सनराइज बैंकलाई छुट्टाइएको १ करोड ५० लाख इकाई समेत) निष्काशन गरिएकोमा निष्काशन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट प्राप्त ७ करोड ८ लाख ३८ हजार ७ सय ४० इकाईका लागि आवेदन प्राप्त भएको हो ।
उक्त निष्काशनमा आवेदन दिनु हुने ६ हजार ६ सय ७९ जना दरखास्तवालाहरुबाट रितपूर्वक ७ करोड ८ लाख ३८ हजार ७ सय ४० इकाईको लागि दरखास्त पर्न आएकोमा यसरी प्राप्त दरखास्तहरु प्रशोधन गर्दा ६ हजार ६ सय ७९ जना दरखास्तवालाहरुको ७ करोड ८ लाख ३८ हजार ७ सय ४० इकाई तथा बिज पूँजी बापत १ करोड ५१ लाख ६१ हजार २ सय ६० इकाई माग भए बमोजिम कुल ८ करोड ६० लाख इकाई स्वीकृत भएको छ ।
सोही विवरणपत्रमा भएको व्यवस्था अनुसार बाँडफाँडको लागि सामूहिक लगानी कोष निर्देशिका २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बाँडफाँड गर्न कार्तिक १९ गते कमलपोखरीमा योजना प्रवद्र्धक, निष्काशन तथा बिक्री प्रबन्धक र कम्पनी रजिष्ट्रारको प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड कार्य सम्पन्न भएको छ ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा ( CASBA ) सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुलाई बैंकले आभार व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS