काठमाडौं, कार्तिक २२- सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ३७.०६ प्रतिशतले वृद्धि भएको हो ।
बैंकले निक्षेप ३.२६ प्रतिशतले बृद्धि गर्दै ७७ अर्ब ८९ करोड ४६ लाख ६६ हजार पुर्याएको छ ।त्यसै गरी कर्जा प्रवाह ५.३५ प्रतिशतले वृद्धि गर्दै ७२ अर्ब ५५ करोड १८ लाख ७१ हजार पुर्याएको छ । बैंकको कूल ब्याज आम्दानी ८२ करोड १८ लाख रुपैयाँबाट बढेर १ अर्ब १० करोड पुगेको छ । यो भनेको ३३.९१ प्रतिशतको बृद्धि हो ।
८ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी भएको सनराइजको जगेडा कोषमा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.१२ प्रतिशतबाट थोरैले बढेर १.२७ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी २२.२९ रुपैंयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०.७२ गुणा छ ।
FACEBOOK COMMENTS