काठमाण्डौं — सनराइज बैंकले खोलौ बैंक खाता अभियान, २०७६ लाई आत्मसाथ गर्दै “सनराइज समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।
बैंकमा उक्त खाता खोल्दा १ सय रुपैयाँ बैंकले नै जम्मा गरिदिनेछ ।
“सन्राइज समृद्धि बचत खाता” मा पनि बैंकले अरु बचत खातावालहरुलाई दिँदै आएको स्वास्थ्य बीमा, दुर्घटना बीमा लगायत अन्य सम्पूर्ण सुबिधाहरु प्रदान गर्नेछ ।
बैंकले खाता खोल्नको लागि सहज बनाउने उद्देश्यले २०७६ बैशाख १ गते आईतबार सम्पूर्ण शाखाहरु बिहान १० बजे देखि दिउसो १ बजे सम्मको लागि खुल्ला गर्ने भएको छ ।
सन्राइज बैंकले नेपालभर १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत ५ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । ।
FACEBOOK COMMENTS