काठमाण्डौं– सनराइज बैंक लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१, मानेदोभानमा र नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१८, धरमपुरमा शाखा सुरु गरेको छ ।
महालक्ष्मी नगरपालिका–१० का वडा सदस्य छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले एक समारोहका बीच मानेदोभानमा २७ औं शाखारहित बैंकिङ सेवाको उद्घाटन गरे ।
२८ औं शाखारहित बैंकिङ सेवा रामग्राम नगरपालिकाका मेयर नगेन्द्रकुमार गुप्ता र बैंकका प्रदेश नं. ५ को प्रमुख राजेन्द्र घिमिरेले उद्घाटन गरी पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
बैंकको कुल शाखारहित बैंकिङ सेवा संख्या २८ पुगेको छ ।
FACEBOOK COMMENTS