काठमाडौं, मंसिर ३० – सनराइज बैंकले जारी गरेको सात वर्ष अवधिको ३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा विक्री भएको छ।
बैंकले निष्काशन गरेको ऋणपत्र बिक्रि खुला भएको ४ दिन मै पूर्ण रुपमा बिक्रि भएको बैंकले जनाएको छ । १०.२५ प्रतिशत व्याज प्रदान गरिने उक्त ऋणपत्र कात्तिक २४ गते सम्ममा पूर्ण रुपमा विक्री भएको बैंकले बताएको छ।
सर्वसाधारणको तर्फ ४ लाख ५३ हजार ८२९ कित्ता र परिपत्र विधिको तर्फ २५ लाख ४६ हजार १ सय ७१ कित्ता बिक्रि भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि गरेको थियो ।
FACEBOOK COMMENTS