काठमाडौं, बैशाख २ – पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल पुर्याइएका तीनजनामध्ये दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई जनामा कोरोना भाइरस ९कोभिड १९० पोजेटिभ देखिएको हो । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएर सनसिटीमा बस्दै आएका थिए ।
तीन जनाको (यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो ।
उनीहरु मध्ये दुई जना (छोरा र बुहारी)को रिपोर्ट आएको छ भने उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुकी आमाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
सोमबार गरिएको र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि सनसिटी अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन ।
FACEBOOK COMMENTS