काठमाण्डौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो लक्ष्य पूरा हुने बताए ।
मन्त्री अधिकारीले यसै वर्षदेखि मुलुकका नौ वटा विमानस्थलमा रात्रि उडान गर्ने जानकारी दिए ।
बन्द रहेका २९ वटा विमानस्थल यसै वर्षदेखि सञ्चालन गरिने पनि बताए ।
.— कारोबार
FACEBOOK COMMENTS