काठमाडौं, वैशाख २ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउनमा जान नचाहेको बताएका छन्।प्रधानमन्त्रीले लकडाउनको अवस्था नआओस भनेर कोरोनाबाट बच्न स्वास्थ्यका सबै मापदण्ड पालन गर्न आगह गरेका छन्।
प्रधानमन्त्रीले ओली भने, ‘हामी सकेसम्म लकडाउन गर्ने पक्षमा छैनौँ तर त्यसका लागि सबैले स्वास्थ्यका सबै मापदण्ड पालन गर्नुपर्छ।’ उनले केहीदिन अघि लकडाउन हुन सक्ने सम्भावनाबारे आफुले बोलेका कुरालाई लडकाउनको धम्कीका रुप बुझिएको भन्दै आफुले सचेत हुन आग्रह गरेको स्पष्ट पारे।
‘२०७७ कोभिडको महामारी भए पनि केही राजनीतिक अस्वस्थता देखापरे पनि गएको वर्ष पनि निरर्थक वर्ष रहेन’, उनले भने।
FACEBOOK COMMENTS