काठमाडौँ, पुष ४ – काभ्रेकी पूर्णिमाया लामाले सभामुख अग्नि सापकोटाविरुद्ध दिएको मुद्दा आज संवैधानिक इजलासमा पेसी चढेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ न्यायाधीश छन् ।
यो मुद्दाको अन्तिम पटक पेसी ०७६ फागुन ३० गते चढेको थियो । त्यसपछि चैत्र ९ गतेबाट अदालतमा लकडाउन सुरु भयो । त्यसपछि एकै पटक साउनमा केही मुद्दा पेसी चढेको थियो । तर, अदालतले त्यसलाई शून्य समय मान्यो । कतिसम्म भने करलाई समेत शून्य समय मानियो । भदौमा सरकारले लकडाउन खुकुलो बनाउने निर्णय ग¥यो ।
FACEBOOK COMMENTS