काठमाडौं, जेठ २७ – समृद्धि फाइनान्स कम्पनीले आगामी असार ३ गतेदेखि बोलकबोलमार्फत १३ लाख ८० हजार ७१८ कित्ता शेयर विक्री गर्ने भएको छ । फाइनान्सले अवितरित उक्त परिमाणको हकप्रद शेयर विक्री गर्न लागेको हो ।
यसअघि २०७७ मंसिर १० गतेदेखि मंसिर १७ गतेसम्म बोलपत्र आह्वान गर्दा पर्याप्त आवेदन नपरेको शेयरका लागि कम्पनीले पुनः विक्री खुला गर्न लागेको हो । कम्पनीको उक्त शेयर असार ३ गतेदेखि असार १० गतेसम्म विक्री खुला हुने छ ।
विस्तृत जानकारी हेर्नुहोस् सूचनामा–
FACEBOOK COMMENTS