काठमाडौँ, फागुन २१ – नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।
दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो ।
FACEBOOK COMMENTS