काठमाडौं, २० चैत्र – नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले ओलीको राजीनामा माग्दै सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको हो ।
साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको हो । यसअघि काँग्रेसले स्थिति परिपक्व नभएको भन्दै नेतृत्वका लागि अघि बढ्न निर्णय लिन सकेको थिएन ।
काँग्रेसभित्र सभापति शेरबहादुर देउवा नेतृत्वका लागि बढ्न मानिरहेका थिएनन् । उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वका लागि बढ्न नमाने विकल्पमा अन्य नेतालाई सार्नुपर्ने प्रस्ताव राखेका थिए ।
काँग्रेसले ओलीइतर समिकरणबाट सरकारको नेतृत्व लिन माओवादी केन्द्र र जनता समाजवादी पार्टीको साथ हुनुपर्छ । तर, जसपाले पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ ।
FACEBOOK COMMENTS