काठमाडौं, वैशाख २८ – नेपालको भूमि लिपुलेक हुँदै भारतले चीनको मानसरोवर पुग्ने सडक निर्माण गरी उद्घाटनको चरणसम्म पुग्दा पनि सरकार चुप लागेर बसेको भन्दै नेविसंघले सरकारको विरोध गरेको छ । सरकारको अहिलेको प्रवृत्ति लम्पसारवादी भएको चित्रण गर्दै नेविसंघले सोही प्रवृत्तिका कारण भुमी मिचिएको धारणा सार्वजनिक गरेको छ । चुनावका बेला राष्ट्रियताको नारा दिएको सरकारको अहिलेको प्रवृत्ति लम्पसारवादी भएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शनिबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
FACEBOOK COMMENTS