काठमाडौं, चैत १८- विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि समयका लागि स्थगित गरिएको भ्रमण बर्ष २०२० औपचारीक रुपमा स्थगित गरिएको छ । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
भ्रमण बर्षको स्थगनसँगै व्यवसायी सुरज वैद्यको नेतृत्वमा रहेको भ्रमण बर्ष सचिवालयको समेत वैशाख १ गतेबाट विघटन हुने भएको छ । नेपाल सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वनै संकटमा परेपछि सरकारले यसको स्थगन गरेको हो ।
सरकारले भ्रमण वर्ष स्थगित भएसँगै अबको एक दशक अर्को भ्रमण वर्ष घोषणा नगर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा पर्यटन मन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण दशक घोषणा गर्ने तर, अब कुनै वर्ष विशेषलाई भ्रमण वर्ष घोषणा नगरिने बताएका छन् ।
FACEBOOK COMMENTS