काठमाडौँ – गत चैतसम्म ६४० वटा मात्रै यातायात कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएकामा अहिले ९२२ पुगेका छन् ।
केपी ओली सरकार बने संगै यातयातको सिन्डिकेट हटाउँन व्यवसस समिति खारेज गरे संगै कम्पनीमा दर्ता हुने बढेका हुन् ।
सिण्डिकेट हटेको ५ महिनाको अवधिमा २८२ वटा नयाँ यातयात कम्पनी थपिएको कम्पनी रजिस्टार कर्यलयले जनाएको छ ।
पछिल्लो समयमा मयुर यातायात, अन्नपुर्ण यातायात, महानगर यातायात, सुर्यौदय, सिटीलगायत यातायात दर्जनौं कम्पनीले काठमाडौं उपत्यका र बाहिर बस सञ्चालन गरिरहेका छन् । वस सञ्चालन गर्न नयाँ कम्पनी आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
सरकारले यातायात समिति खारेज गरेर दर्ता गर्न र नयाँलाई धमाधम गाडी सञ्चालनका लागि रुट इजाजत दिन थालेपछि संगठित रुपमा व्यवसायी दर्ता हुने क्रम बढेको रजिष्टार कार्यालयले जानकारी दिएको छ ।
यसैगरी अन्य व्यवसाय सञ्चालनका गर्नका लागि दर्ता गर्न आउने कम्पनीको संख्या बढेको छ ।
FACEBOOK COMMENTS