काठमाडौं,मंसिर २४ – सरकारले पाँच सय ६० छात्रछात्रालाई प्राविधिक शिक्षा पढाउने भएको छ । सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका छात्रछात्रालाई प्राविधिक एसएलसी र डिप्लोमा तहसम्म निःशुल्क अध्ययन गराउने भएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले मंगलबार निकालेको सूचनाअनुसार प्राविधिक एसएलसी २८० जना र डिप्लोमा तहमा २६० जना गरी कूल ५६० जनालाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।
त्यसका लागि परिषद्ले मंसिर २९ देखि फाराम खुलाउने जनाएको छ । इच्छुक छात्राछात्रले पुस २८ गतेभित्र आवेदन बुझाउनु पर्नेछ ।
FACEBOOK COMMENTS