काठमाडौं – सरकारले नेपालमा आफ्नै रेल किनेर संचालन गर्ने भएको छ ।
जयनगरदेखि जनकपुरको कुर्थासम्म भारतबाट रेल किनेरनै चलाउन लागिएको हो ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नै रेल किनेर संचालन गर्न लागिएको बताएका छन् । १ अर्ब रुपैयाँमा रेल किन्न लागिएको हो।१० डिब्बा सहितको दुर्इ सेट रेल किन्ने बताईएको छ ।
एउटा ट्रेन सेटमा सहायक र मूख्य गरि दुर्इवटा इन्जिन हुन्छन् भने पाँचवटा डिब्बा हुन्छ । एउटा डब्बामा ७२ जनाका लागि सीट हुन्छ।
भाडामा लिएर रेल संचालन गर्दा घाटा हुने भएपछि रेल नै किनेर संचालन गर्न लागिएको विभागले जनाएको छ ।
प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्रीले आफ्नै रेल किनेर संचालन गर्नुपर्ने बताएपछि विभाग अहिले रेल किन्ने प्रक्रियामा लागेको हो।
रेलमा नेपालको झण्डा फरहराउने जनाइएको छ ।
FACEBOOK COMMENTS