काठमाण्डौँ — सरकारी नीतिकै कारण बंगलादेशसँगको व्यापार घाटा निकै बढेर गएको उद्योगी व्यवसायीहरूले बताएका छन् ।
५ वर्षअघि अर्थात् सन् २०१४ सम्म नेपाल र बंगलादेशबीचको व्यापार सन्तुलित थियो ।
२०१४ भन्दा अघि नेपालसँग बंगलादेशको व्यापार घाटा थियो ।
बंगलादेशसँगको व्यापार सन्तुलन बिग्रँदै गएकोमा उद्योगीहरूले चिन्ता व्यक्त गरेका छन् ।
नेपालबाट आयात हुने वस्तुमा बंगलादेशले १ सय १० प्रतिशतसम्म भन्सार महसुल लिने गरेको छ ।
तर, बंगलादेशबाट आयात हुने वस्तुमा भने नेपाल ३० प्रतिशत मात्रै भन्सार लगाएको छ ।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले सरकारी नीतिकै कारण बंगलादेशसँगको व्यापार घाटा अत्यधिक बढेर गएको बताए ।
— कारोबार
FACEBOOK COMMENTS