सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनमा भन्सार तथा अन्तःशुल्कमा पूर्णछुट दिएसँगै आयात बढेको छ । पहिला १ वर्षमा आयात हुने स्पञ्ज आइरन अहिले एक महिनामै आयात हुनथालेको छ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार भदौ २६ देखि असोज ३१ गतेसम्म बिलेट भन्दा स्पञ्ज आइरनको आयात बढेको छ।
१ महिनामा करिब ७ सय ४० मेट्रिकटन विलेट आयात भएको छ भने ३५ हजार ३ सय मेट्रिकटन भित्रिएको छ।
बिलेट आयात गर्ने उद्योगमा अम्बे स्टिल, स्वस्तिक रोलिङ, सन् फिटिङ, मेटल कास्ट, लक्ष्मी स्टिल, केबी मेटल उद्योग, पशुपति आइरन एन्ड स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र नारायणी स्पात रहेका छन्।
सरकारले भदौ २५ गते ल्याएको प्रतिस्थापनपछि कात्तिक १५ सम्म भन्सारबाट मात्रै १ लाख ५ हजार टन स्पञ्ज आइरन आयात भएको छ ।
स्पञ्ज आइरनमा छुट नदिँदासम्म ८५ प्रतिशत बिलेट र १५ प्रतिशत स्पञ्ज आइरन आयात हुने गरेकोमा सरकारी नीतिपछि स्पञ्ज आइरन आयात बढेको छ।
FACEBOOK COMMENTS