काठमाडौं– अन्तर्राष्ट्रियस्तरको सर्टिङ–सुटिङ ब्राण्ड रेमण्डले ललितपुरको जावलाखेलमा छैटौँ शोरुम विस्तार गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, बडीबिल्डर महेश महर्जन, रेमण्डका अध्यक्ष संजय अधिकारीले उक्त शोरुमको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा रेमण्डका अध्यक्ष अधिकारीले ब्राण्डका कपडा विश्वमै उत्कृष्ट भएको दाबी गरेका छन् ।
यसअघि दरबारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, चितवनको नारायणघाट लगायत स्थानमा रेमण्डका शाखा सञ्चालनमा रहेको जानकारी दिइएको थियो ।
FACEBOOK COMMENTS