काठमाण्डौँ — सर्वोच्च अदालतका पाँचसहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ ।
न्यायपरिषद्ले मंगलबार उच्च अदालतका दुई न्यायाधीश र तीन कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधीशद्वय फ्रकाशकुमार ढुंगाना र सुष्मलता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवत्ताद्वय हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् ।
उनीहरूमध्ये वरीयताक्रम, अवधि र उमेर गणनाका आधारमा रेग्मी र फुयाल प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।
न्यायपरिषद्ले न्यायसेवामा रहेका तीनजना विशिष्ट श्रेणीका कर्मचारीलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
जसमा सरकारी वकिल समूहबाट नायब महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल परेका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS