काठमाडौं, सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह शिलुको शुक्रबार निधन भएको छ। उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा सिंहको निधन भएको हो। एक सातादेखि बिरामी परेकी ८१ वर्षीय सिंहको उपचारका क्रममा उनको निधन भएको हो। पेटमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचाररत अवस्थामा ब्रैन स्ट्रोक भएकाले उनको निधन भएको हो ।
उनी महिलातर्फ पहिलो न्यायाधिश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक उपाध्यक्ष थिइन्। उनी २०५८ साल वैशाखदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन्। त्यसपछि उनी राष्ट्रिय मानवअधिकार आयोगको सदस्य पनि भएकी थिइन् । १९९६ साल फागुन२२ गते काठमाडौंको पकनाजोलमा उनको जन्म भएको थियो। उनका पति र दुई छोरा छन्। उनले छोरीको अधिकार, महिला हक, समानता, मानव अधिकार, वैयक्तिक स्वतन्त्रता स्मरणीय फैसला छन्। उनले कानुन व्यवसाय अगाल्दै गर्दा असहाय सेवा केन्द्र स्थापना गरी पीडित महिलाको पुनर्स्थापना सहयोगमा समेत जुटेकी थिइन्। सिंहको शनिबार नै दाहसंस्कार गरिएको छ।
FACEBOOK COMMENTS