काठमाडौं, ७ चैत – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्कने गरी आएको सर्वोच्च अदालतको फैसला ठिक भएको बताएका छन् ।
शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन उनले अदालतको फैसलाले कित्ता क्लिएर भएर सजिलो भएको उल्लेख गरे ।
“अदालतले पछिल्लो निर्णय नगरिदिएको भए नेकपा न फुट्थ्यो न जुट्थ्यो । अहिले कित्ता क्लिएर भएर सजिलो भएको छ,” गौतमको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।
FACEBOOK COMMENTS