काठमाडौँ — विनाशकारी सलह नेपाल भित्रिए पनि नियन्त्रण गर्ने योजना बनिसकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रणनीति तय गर्न आइतबार छलफल गर्दै छ । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह भित्रिएपछि संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त संवाद र सहकार्य भइरहेको दाबी गरे । उनका अनुसार सलहको अवस्था, फैलावट बुझ्न र क्षति आकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ ।
सलहले भारतमा आतंक मच्चाइरहँदा यहाँ पनि आउन सक्ने आकलन गर्दै मन्त्रालयले जेठ १३ गते नै प्राविधिक कार्यदल गठन गरेको थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरूसहित राखेर बनाइएको टोलीले नेपालमा सलह भित्रिने सम्भावना न्यून देखिएको प्रतिवेदन बुझाएको थियो । ‘मनसुन सुरुसँगै पूर्वबाट पश्चिमतर्फ बहने मनसुनी हावाले गर्दा यी झुन्ड पुनस् राजस्थानतर्फ मोडिई गर्मी मौसमको वंशवृद्धि सुरु गर्ने आकलन गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
मनसुन सुरु भएपछि सलह नआउने अनुमान गरेर नियन्त्रणका लागि सरकारले तयारी गरेको थिएन । तर प्रतिवेदन तयार भएको एक महिना नबित्दै तराईलगायत विभिन्न जिल्लामा सलह देखिएको छ । केन्द्रका प्रमुख हुमागाईंका अनुुसार सलह भारतको बिहार हुँदै रूपन्देही, बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको छ । ‘शनिबार बिहान ७ देखि ८ बजेको बीचमा ५र७ वटा सानो झुन्ड नेपाल प्रवेश गरेको छ । सलह अहिले पहाडमा मोडिएको छ,’ उनले भने । किरा समूहमा पर्ने यो जीवले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्याउँछ । दिनमा एउटा कीराले आफ्नो शरीरको तौल बराबर अर्थात् करिब २ ग्राम खान्छ ।
केन्द्र प्रमुख हुमागाईंका अनुसार सलह पहाडी जिल्ला सिन्धुली, काभ्रे, पाल्पासम्ममा देखिएको छ । सलहको झुन्ड ससाना भएकाले तितरबितर छन् । सलहको झुन्ड मंगलबारसम्म भित्रिने सम्भावना छ । शनिबार मात्रै भित्रिएकाले क्षतिको यकिन हुन सकेको छैन । ‘सलह एकरदुई घण्टामै एक ठाउँबाट अर्को ठाउँ सरेका छन् । जसले गर्दा क्षतिको यकिन हुन गाह्रो भएको छ, आइतबाररसोमबारदेखि केही यकिन गर्न सकिन्छ,’ हुमागाईंले भने ।
हुमागाईंका अनुसार आवाज, धूवाँलगायतको प्रयोगबाट बस्न बाधा पुर्याएर सलहको झुन्डलाई अन्यत्रै मोड्न जरुरी छ । ठूलो झुन्ड आए विषादी नै प्रयोग गर्नुपर्छ । यसका लागि ५ प्रकारका विषादी केन्द्रले सिफारिस गरेको छ । ती विषादी मालाथियन ५०५ इसी, ल्याम्डा साइहेलोथ्रिन ५५ इसी, क्लोरपाइरिफोस २०५ इसी, डल्टामेथ्रिन २।८५ इसी र डेल्टामेथ्रिन ११५ इसी हुन् । यीमध्ये कुनै एक उचित परिमाणमा छर्नुपर्ने केन्द्र प्रमुख हुमगाईंले बताए । ‘तत्काल असर गर्ने किसिमको विषादीे छर्कंदा स्प्रेयरबाट मिहिन थोपा प्रवाह गर्न सक्ने अटोमाइजरको प्रयोग यसका लागि प्रभावकारी हुुन्छ,’ उनले भने, ‘विषादी प्रयोग गर्दा बालबालिका र पशुबस्तु लगायतको सुरक्षणका लागि विशेष सावधानी अपनाउनुपर्छ ।’ उनले विषादी प्रयोग गर्दा सुरक्षित पहिरनको प्रयोगसँगै विषादीको सूचकपत्रमा भएका निर्देशन अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए ।
FACEBOOK COMMENTS