काठमाडौं,फागुन १३ -चालू आर्थिक वर्षको सात महिनामा सवारीसाधन तथा हवाइ साधनको आयातमा कमी आएको छ।अघिल्लो आर्थिक बर्षको तुल्नामा यो बर्ष यातायातका साधन आयात घटेको देखिन्छ ।
हालै सार्वजनिक भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।
गत आर्थिक वर्षमा ५६ अर्व ९८ करोड ११ लाख ३६ हजारको सवारी साधन आयात भएकोमा चालू आर्थिक वर्षमा ५२ अर्व ३४ करोड ७४ लाख ७९ हजारको मात्र आयात भएको छ।
हवाइ साधनमा गत वर्ष १८ अर्ब ९७ करोडको आयात हुँदा चालू आर्थिक वर्षको ७ महिनामा १५ अर्ब ३ करोडको आयात भएको छ। हवाइ साधनबाट गत वर्ष ३६ करोड राजस्व उठाएकोमा चालू आवमा २५ करोड राजस्व उठेको छ।