काठमाण्डौँ —सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका ९२ प्रतिशतभन्दा बढी आफ्ना संरचनाहरूको पुनर्निर्माण सम्पन्न गरेको छ।
बाँकी पुनर्निर्माणका कार्य पनि अन्तिम चरणमा पुगेको सशस्त्रले जनाएको छ।
आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुनर्निर्माण सम्बन्धी आर्थिक वर्ष २०७५/७६ को प्रगती प्रस्तुत गर्दै बलका वरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले यस्तो बताएका हुन ।
उनले पुनर्निर्माण गर्नुपर्ने २८ संरचनामध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको बताए।
पुनर्निर्माण सम्पन्न भएका संरचनाहरूमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयलगायत विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्र्वाटर रहेका छन्।
सशस्त्र प्रहरी बलका क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हालसम्म ४० करोड ३६ लाख रुपैयाँ निकासा भएको छ।
— नागरीक
FACEBOOK COMMENTS