काठमाडौं, ०७ चैत्र – सिन्धुपाल्चोक जिल्ला साबिक जेठल गाविस वडा नम्बर ०७ स्थायी ठेगाना भई काठमाडौं सोर्हखुट्टेमा ॐ नव उदय बचत तथा ॠण सहकारी संस्था संचालन गर्दै आएको नवराज भण्डारी र निजकी श्रीमती सरस्वती अधिकारीले कयौ ब्यक्तिलाई ठगी गरेको खुलासा भएको छ । कामपा १६ बस्ने मधुकर बस्नेतले प्रमाण सहित प्रहरीलाई दिएको जायरीका आधारमा प्रहरीले भण्डारी र अधिकारीलाई ठगी आरोपमा दुई साता अघि पक्राउ गरेको छ । पीडित बस्नेतले सहकारी संचालक तथा अध्यक्ष भण्डारी र उपाध्य क्ष अधिकारीले आफ्नो ११ लाख रुपैया ठगी गरेको बताए । बस्नेतका अनुसार भण्डारी दम्पत्तीले उनी लगायत विभिन्न ब्यक्तीहरुको करोडौ रकम ठगी गरेको बताए । ‘निज दम्पत्तीले सोझासाझालाई झुक्याई वरी सालाखाला करिब ५ करोड बराबर ठगी गरेका छन’ बस्नेतले भने । उनीहरुले लक्ष्मण गमला परिवारको १ करोड बराबर रकम, माना पन्तको २५ लाख, प्रकाश कँडेलको २० लाख, श्री कृष्ण कँडेलको १७ लाख र अन्यलाई पनि ठगी गरेको पीडित मध्येका एक बस्नेतले खुलासा गरे ।
FACEBOOK COMMENTS