काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीका कारण वित्तिय क्षेत्रमा संकट आउन सक्ने बताएका छन् ।
राजधानीमा आयोजीत एक कार्यक्रममा डा. नेपालले सहकारीका कारण वित्तिय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिएका हुन् ।
उनले इन्स्योरेन्सको के छ ? सहकारी क्षेत्रको के छ, अन्य क्षेत्रको के छ हेर्नुस, जसले कुनै पनि बेला वित्तिय संकट निम्त्याउन सक्छ’, भने ।
ठूला कारोबार गर्ने सहकारीहरुको राष्ट्र बैंकले तत्कालका लागि नियमन गरेको भएपनि त्यो धेरै समय सम्भव नभएको उनको जिकीर थियो ।
गर्भनर नेपालले भने ‘सहकारीमा ठूलो पैसा छ, जसले जुनसुकै समयमा वित्तिय क्षेत्रको स्थायीत्व हल्लाउन सक्छ’।
उनले पैसाको कारोबारलाई सधै कडा नियमन आवश्यक रहेको बताउँदै वित्तिय संस्था भन्दा बाहिर हुने पैसाको कारोबारमा कडाई गर्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS