काठमाडौं, ८ मंसिर – नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा उनलाई शपथ गराउनेछन् ।
समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन् । कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको स्थानमा पाण्डे सांसद नियुक्त भएका हुन् ।
खस आर्य समावेशी समूहअन्तर्गत सांसद रहेका केसीको निधनपछि रिक्त पदमा पाण्डे निर्वाचित रहेको पत्र निर्वाचन आयोगले शुक्रबार संसद सचिवालयलाई पठाएको थियो ।
FACEBOOK COMMENTS