मदन तिमल्सेना/ तनहुँ , ३२ श्रावण -तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) ले तनहुँको बेलचौतारा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र विभिन्न सामाग्रीहरु उपलब्ध गराएका छन्।
बिशेष गरि आइसोलेसनमा बसेर स्वास्थ्य उपचार गराईरहेका बिरामीहरू लाई सहज होस् भनेर उनले माक्स, सेनीटाईजर, फलफूल, मिनरल वटर, बाल्टी लगायतका स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको उनको सचिवालयले जनाएको छ ।
उक्त सामाग्रीहरु संसद श्रेष्ठको सचिवालयका सचिव अनिल पाण्डेले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका प्रमुख डा. राम कुमार श्रेष्ठलाई हस्तान्तरण गरे । सचिव पाण्डेले श्रेष्ठले सबैको स्वास्थ्य लाभको कामना गर्दै सामाग्रीहरु उपलव्ध गराएको बताए ।
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका प्रमुख डा. राम कुमार श्रेष्ठले सांसद श्रेष्ठ लाई धन्यवाद दिदै आईसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या बढ्दै गएको कारणले हस्पिटलमा स्वास्थ्य सामाग्रीहरुको अभाव हुन लागेको र सबैजनाले सांसद श्रेष्ठको झैं सहयोग गर्न आग्रह गरेका थिए ।
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अहिले ३० जना कोरोना संक्रमितहरु आईसोलेसनमा उपचाररत छन् । तनहुँमा दिनानुदिन कोरोना भाईरस अर्थात कोभिड १९का संक्रमितहरु बढी रहेका छन् । स्वास्थ्य संस्थाहरुमा विरामीहरुको चाप पनि बढिरहेको छ ।
FACEBOOK COMMENTS