मदन तिमल्सेना
तनहुँ ,कार्तिक ९ -बरिस्ठ जनगायक जीवन शर्माको छोराको उपचारको लागि प्रतिनिधि सभा सदस्य तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो एक महिनाको तलब वापतको रकम उपलब्ध गराउने घोषणा गरेका छन। श्रेष्ठले शनिबार बन्दिपुर गाउँ पालिका वडा नम्बर १ रिमाल्नीमा वडा नं। १ का १० वटा टोल विकास संस्था द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा जनगायक शर्माको छोराको उपचारको लागि आफ्नो एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने घोषणा गरेका हुन ।
कार्यक्रममा जनगायक शर्माले सांसद श्रेष्ठको सहयोग प्रति निकै आभारी रहेको बताए । जनगायक शर्माका छोरा घाटिको नली ड्यामेज भएपछि हाल राजधानीको एक अस्पतालमा उपचारत छन । सांसद श्रेष्ठले सांसद भएपछिको अहिलेसम्मको सबै महिनाको तलब आफ्नो क्षेत्रका विभिन्न सामाजिक संघ संस्थालाई उपलब्ध गराउदै आएका छन्।
सांस्कृतिक कार्यक्रममा जनगायक शर्मा सहित बरिष्ठ जनगायक जेबी टुहुरे, लोकदोहोरी गायक राजु परियार, अमृत सापकोटा र बाल गायिका कमला घिमिरेले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
FACEBOOK COMMENTS