काठमाडौं, चैत १३ – साउदी सरकारले मार्च १४ बाट दुईवर्षे करार अवधि समाप्त भएपछि रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्न र स्वदेश फर्कन बहिर्गमन भिसा (एक्जिट परमिट) नचाहिने भन्दै नयाँ श्रम सुधारको घोषणा गरेको थियो ।
करार अवधि समाप्त नहुँदै स्वदेश फिर्ने प्रक्रियालाई साउदीले ‘कसुर’ मानेको छ । ‘रोजगारदातासँगको करार अवधि बाँकी हुँदै साउदी अरब छोड्ने गरी एक्जिट भिसा लिइएका कामदारले करार उल्लंघन गरेको कसुरबापत जरिवाना तिर्नुपर्नेछ,’ रियादस्थित नेपाली दूतावासबाट जारी सूचनामा भनिएको छ । जरिवाना रकम भने खुलाइएको छैन ।
करार अवधि पूरा गरेर व्यक्तिगत तवरबाट स्वदेश फिर्न बहिर्गमन भिसाका लागि लाग्ने शुल्क पनि कामदार स्वयंले व्यहोर्नुपर्ने नीति छ । दूतावासका अनुसार रोजगारदातासँग गरेको करारपत्रको प्रति आधिकारिक निकायबाट प्रमाणीकरण गरी आफ्नो साथमा भएका कामदारले मात्रै साउदी सरकारद्वारा तोकिएको प्रक्रिया (एब्सर) मार्फत स्वदेश फिर्ने बाटो खुल्नेछ । ‘यसरी प्राप्त हुने बहिर्गमन भिसा रोजगारदाताले रद्द गर्ने अधिकार हुनेछैन,’ दूतावासले भनेको छ ।
FACEBOOK COMMENTS