काठमाडौं । नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ ।
साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।
असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै बैठकले भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।
FACEBOOK COMMENTS