काठमाण्डौँ — नवलपरासीको अरुणखोला, दमार हुदै पूर्वी पाल्पाको मित्याल जोड्ने ‘ढा“ड’को सडकको ‘ट्रयाक’ ६० वर्षमा खुलेको छ ।
विसं २०१५ सालबाट गाउगाउमा चन्दा सङ्कलन गरी गोरेटो निर्माण गरिएको यो सडकमा ६० वर्षपछि खुलेको ट्रयाकबाट नवलपरासीको अरुणखोलाबाट, दमार, हुदै बस मित्याल पुगेपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।
नवलपरासीको अरुणखोलादेखि मित्यालसम्मको करीब २५ किलोमिटर सडकको ट्रयाक खुलेको हो ।
पटकपटकको प्रयास भएपनि नवलपरासीको मध्यविन्दु नगरपालिका–१४ मा पर्ने ढा“ड क्षेत्रमा ठूलो चट्टानी पहाड परेकाले यसलाई खोल्न सकिएको थिएन ।
करीब तीन किलोमिटरको यस क्षेत्रमध्ये पनि ४०० मिटरको सडक निर्माण अति जटिल रहेकामा पछिल्लोपटक नवलपुर क्षेत्रमा सांसद विकास कोष, मध्यविन्दु नगरपालिका र अन्य समाजसेवीको सहयोगमा ट्रयाक खोलिएको हो ।
— कारोबार
FACEBOOK COMMENTS