यो साताभरी नै सेयर बजार उत्साहित बनेको छ । साताको अन्तिम दिन १३ दशमलव ०४ अंकले बढेको बजारमा साताभरी २२५ अंकले वृद्धि भएको छ ।
बिहीबार सेयर बजारको परिसूचक नेप्से १३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २७८२ अंकमा कायम भएको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ५ अर्ब ३९ करोडमा सीमित भएको छ ।
समग्रमा ७१ कम्पनीको मूल्य घट्यो भने ११३ कम्पनीको मूल्य बढ्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो । बैंकिङ ८, होटल तथा पर्यटन ३८, जीवन बीमा ८७, उत्पादन ५१ र ब्यापार उपसमूह ९ अंकले घटे ।
विकास बैंक ५०, फाइनान्स १३, जलविद्युत ६५, माइक्रोफाइनान्स १३०, निर्जीवन बीमा ३ र अन्य उपसमूह ४७ अंकले बढे । रिडी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य ९ प्रतिशतले बढ्यो । गुराँस लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै २.६ प्रतिशतले घट्यो ।
FACEBOOK COMMENTS